टिकटकले बढायो सुरक्षा

समाधान संवाददाता २०८१ जेठ १४ गते १२:५३

पोखरा ।
टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेट गर्दै क्रियेटरलाई सशक्तीकरण गर्न र ग्लोबल कम्युनिटीका लागि नयाँ सुविधाहरू ल्याएको छ । मे १७ देखि लागू हुने यी अपडेटमा नयाँ सुविधाहरू र एकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन् ।


टिकटकले हेट स्पिच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसनसम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्ने कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो । फर यु फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटी मापदण्ड लागू गर्दै छ । यी स्ट्याण्डर्डहरु उल्लंघन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यु फिडमा सिफारिसका लागि अस्थायी रूपमा अयोग्य हुनेछन् ।


तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ । प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्ने छन् र यी निर्णयमा अपिल गर्ने मौका पाउनेछन् । पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्ने छ, जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन ।

Advertisement


टिकटकले अकाउन्ट चेक नामको नयाँ सुविधा पनि ल्याएको छ । यो टुलले क्रियेटरलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिन्छ । अकाउन्ट चेकले गाइडलाइन्स उल्लंघनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधामा हुने कुनै पनि प्रतिबन्धलाई संकेत गर्दछ भने ‘फर यु’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामग्रीलाई हाइलाइट पनि गर्दछ ।


टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दै छ, जसले टिकटकका प्रोग्राम, यसले दिने सुविधा, इभेन्ट र अभियानमा भाग लिने क्रियेटरका लागि मापदण्डहरू बनाउने छ । आगामी हप्तामा लागू हुने यस कोडले सबै सहभागीका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउँमा क्रियेटरको जिम्मेवारीहरूलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Advertisement


टिकटक विश्वभरका आफ्ना १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिकटक छोटो अवधिको मोबाइल भिडियोको लागि अग्रणी प्लेटफर्म हो ।

तपाईको प्रतिक्रिया