बेगनास तालमा मोटरबोट रोक लगाउँदा रोजीरोटी खोसिएको गुनासो

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासतालमा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार भएको छ ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजनामा, होटल तथा रेस्टुरेन्ट एसोसिएसनको सहकार्य र विभिन्न स्थानीय सामाजिक संघसंस्थाको सहयोगमा स्थानीय जनता र जवाफ देही निकायको प्रत्यक्ष सहभागितामा स्थानीय स्तरको सार्वजनकि सुनुवाइ कार्यक्रम भएको हो ।
ज्नताको गुनासो सुनुवाइको तथा व्यवस्थापनमा सहयोग पुर्याउने हेतुले आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले होटल व्यवसाय र शान्ति सुरक्षाको विषमा जनस्तरबाट सोधिएको प्रश्नको जवाफ दिए ।
उनले यस क्षेत्रमा आपराधिक घटनामा संलग्न अपराधीहरुलाई पक्रेर कानुनी कारबाहीलाई अगाडि बढाइएको जानकारी दिए । होटल व्यवसाय सञ्चालन गर्न होटल व्यवसायीहरुले ग्राहकलाई राति उनीहरुको निवाससम्म पुर्याउन सके व्यवसाय राम्रोसँग सञ्चालन हुने विश्वास क्षेत्रीले व्यक्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले यस लेखनाथ क्षेत्रमा व्यवसाय सञ्चालनमा हुने समस्याको कारण पत्ता लगानुपर्नेमा जोड दिँदै नेपाल सरकारको नीति नियमभित्र रहेर यस क्षेत्रमा पनि अनुमती लिएर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सकिने स्पष्ट पारे ।
पोखरा महानगर प्रशासन शाखाका प्रमुख कृष्णप्रसाद तिवारीले सार्वजनिक सुनुवाइ कार्यक्रममा जनस्तरबाट उठेका आवाजलाई पोखरा महानगरमा पुर्याउने बताए । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख सुनील मल्लले लेखनाथ क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन प्रयास गरिराखिएको सुनाए ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले मादक पदार्थ सेवन नगरी सावरी साधन चलाउन आग्रह गरे ।
पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, पोखरा महानगर सहकारीका प्रमुख रविरमण तिवारी लगायतले लेखनाथ क्षेत्रको विकास निर्माणका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्णबहादुर अधिकारीले लेखनाथ क्षेत्रमा शान्ति सुरक्षा, पर्यटन प्रवद्र्धन, उद्योग व्यवसायीका समस्या लगायत क्षेत्रमा समस्या जटिल बन्दै गएको सुनाए ।
लेखनाथ होटर तथा रेस्टुरेन्ट एसोसियसनका अध्यक्ष वीरभद्र कँडेलले यस क्षेत्रको विकास निर्माणमा के गर्न सकिन्छ, जनताको गुनासो सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा जानकारी गराउने र सारोकारवाला सबैलाई जवाफदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।
जनस्तरबाट बेगनासताल डुंगा व्यावसायिक समितिका अध्यक्ष रविराज कँडेलले लेखनाथवासीले पोखरा महानगरवासी भएको अनुभूति गर्न नसकेको बताए ।
ढुंगा व्यावसायिक समितिले किनेको मोटरबोट पोखरा महानगरले सञ्चालनमा रोक लगाउँदा काम गरी खाने जनताको रोजीरोटी खोसिएको विचार उनले व्यक्त गरे ।
पोखरा ३१ पचभैयाका बुद्धि तामाङले यस क्षेत्रको विकास निर्माणमा गुणस्तर नभएको सुनाए । चक्रदेवी सहकारी संस्थाका अध्यक्ष ऋषिरम जमरकट्टेलले यस क्षेत्रमा शान्ति सुरक्षाको चुनौती बन्दै गएको बताए ।
मधुकर क्षेत्रीले यस क्षेत्रको जनताले सुरक्षाको अनुभूति महसुस नगरेको भन्दै सुरक्षाकर्मीको दरबन्दी थप्न पहन गर्न आग्रह गरे । लेखनाथ परोपकार संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका प्रथाम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), दयाराम तिवारी, बेगनासताल जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनका उपाध्यक्ष कमल लामिछाने, अर्जुनकुमार ताम्राकार, जीवादेवी क्षेत्री, भोजराज लामिछाने लगायतले यस क्षेत्रको विकास निर्माणमा जनप्रतिनिधि जनउत्तरदायी नभएको गुनासो गरे ।
लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियनका महासचिव सुरेश लामिछानेले सञ्चालन गरेको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका उपाध्यक्ष गंगा खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
सेवा केन्द्रका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनका कोषाध्यक्ष शक्तिश्री कोइरालाले जानकारी दिइन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया