नदीजन्य पदार्थ चोरी गर्ने तिन टिप्पर नियन्त्रणमा

समाधान संवाददाता २०८१ जेठ १४ गते १६:०२

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न तिन वटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।

Advertisement


सोमबार बिहान ८ः३० बजे भुर्जुङखोलाबाट पोखरा आउँदै गरेका ग १ ५०४०, ग १ क ५५१२ र ग १क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।


सार्दीखोलाबाट खटिएको प्रहरी टोलीले तीन टिपर नियन्त्रणमा लिएर चेकजाँच गर्दा अवैध ढुंगा, गिट्टी, वालुवा बोकेका पाइएको शर्माले बताए ।


तीन वटै टिप्परलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया