जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पुराङ रानीपौवाको एक होटलमा चोरी गरेर फरार एक युवा पक्राउ परेका छन् । नुवाकोटका १९ वर्षीय सुशान्त गुरुङलाई बेनी चेक पोष्टबाट म्याग्दी प्रहरीले पक्राउ गरेको हो ।
होटल बपमार्लीमा रहेको काठको टिप्स बाकस र अर्को होटलको हिसाब राख्ने बाकसमा राखिएको ४५ हजार चोरी गरेर उनी फरार भएका थिए ।
ट्याक्सी चढेर पोखरातर्फ जाँदै गर्दा उनलाई बेनीमा प्रहरीले पक्राउ गरेर जोमसोम पठाएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनको साथबाट ४२ हजार ८७५ रुपैयाँ नगद बरामत भएको डिएसपी पाण्डेले उल्लेख गरे ।
घटना बारेमा आवश्यक अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
सम्बन्धित







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया