एसइई कप फुटसल सुरु

समाधान संवाददाता २०८१ जेठ १५ गते १२:३०

पोखरा ।

Advertisement

पोखरा ४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबारदेखि एसइई कप फुटसल प्रतियोगिता सुरु भएको छ । २ दिनसम्म चल्ने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन गरिएको छ ।


प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरी २६ विद्यालयका टिम सहभागि छन । विद्यालयका प्राचार्य सरोज कोइरालाले प्रतियोगिता उद्घाटन गरे ।। ‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ ।


कास्की जिल्लाबाट यो वर्ष एसइईमा सहभागी विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका प्राचार्य कोइरालाले जानकारी दिए । फुटसल प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः २० र १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।


उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकतालाई पनि पुरस्कृत गरिनेछ । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक आत्मराम अधिकारीले यो प्रतियोगिताले खेलाडीबीच सम्बन्ध विस्तार गर्न सघाउने सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया