प्राज्ञिक लेखन कार्यशाला
गण्डकी ।
विश्वविद्यालय अनुदान आयोगको सहयोग एवं विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा ५ दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।
प्राध्यापकहरूलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरूको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ ।
कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज जोनले प्राध्यापकहरू प्राध्यापनसँगै निरन्तर अनुसन्धानमा संलग्न हुनुपर्नेमा जोड दिए ।
अहिले अनुसन्धानात्मक लेखन र त्यसको प्रकाशनविना प्राध्यापकहरूको प्राज्ञिक उन्नति हुन नसक्ने उल्लेख गर्दै उनले प्राज्ञिक लेखन कार्यशाला अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । विन्ध्वासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा डा जगन्नाथ रेग्मीले कार्यशालामा विभिन्न विज्ञबाट प्राज्ञिक लेखन सम्बन्धमा महत्वपूर्ण जानकारीहरू प्रदान गरिने जानकारी दिए ।
एकाइका संयोजक चूडामणि कँडेल, प्राध्यापक सत्यराज सुवेदी, सहप्रा डा काशिनाथ कण्डेल, अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा प्रकाश पौडेल लगायतले कार्याशालाको महत्व लगायतमा बोलेका थिए ।
कार्यक्रमअन्तर्गत लघु अनुसन्धानको प्रस्तावना लेखन विषयक कार्यशालाको सहजीकरण जनता विद्यापीठ, दाङका अनुसन्धान व्यवस्थापन एकाइका संयोजक उप प्राडा खगेन्द्र घोडासैनीले गरेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया