प्राइम बैँकका ग्राहकलाई आविष्कार अस्पतालमा छुट

समाधान संवाददाता २०८१ जेठ १५ गते १४:३०

पोखरा ।
आविष्कार हस्पिटल र प्राइम कमर्सियल बैँक लिमिटेडबिच ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा प्राइमको लेकसाइड शाखाका प्रवन्धक दिनेशकुमार श्रेष्ठ र आविष्कारका प्रबन्ध निर्देशक डा कृष्ण बोगटीले हस्ताक्षर गरेका छन् ।

Advertisement


सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले हस्पिटलको फार्मेसीको बिल भुक्तानीमा ५ प्रतिशतसम्म र अन्य सेवामा २० प्रतिशत छुट पाउने छन् । पोखरा १० बुद्घचोकमा रहेको आविस्कारले करिब दर्जन संघ, संस्थासँग यस खालको सम्झौता गरिसकेको छ ।

अस्पतालले बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी वरिष्ठ नाक, कान तथा घाँटी रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग लगायत अन्य चिकित्सकहरुद्वारा पूर्ण पारिवारिक वातावरणमा विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको जानकारी डा बोगटीले दिए ।

Advertisement


अस्पतालका अध्यक्ष डा सञ्जय कोइरालाले आफूहरु सेवामुखी ढंगले अघि बढेको जनाए । ‘हामीले सेवा दिन थालेको अढाइ वर्ष भो, पोखरा र काठमाडौका समेत विशेषज्ञबाट सेवा दिइरहेका छौं ।

व्यवसायमुखी भन्दा पनि सेवामुखी तवरले आविष्कार अघि बढेको छ,’ उनले भने । हात, खुट्टामा बढी पसिना आउने समस्याको उपचार पनि आविष्कारले सुरु गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया