प्रेस जगतमा हस्तक्षेप भएको छः लामिछाने

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले प्रेस जगतमा हस्तक्षेप भइरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आइतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’ विषयक परिसंवादमा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् ।
‘कहीँ न कहीँबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगतलाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागिरहेको छ,’ उनले भने, ‘प्रेसमाथि अहिलेको परिस्थितिमा यहीँ नै सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको छ ।’
प्रेस स्वतन्त्रता नरहे प्रजातन्त्र पनि रहदैन र प्रजातन्त्र नरहने उनको भनाइ छ ।
अहिलेको अवस्थामा भाषागत त्रुटि, पत्रकारितको मर्यादा विपरीतका काम, सामाजिक सञ्जाल, मिथ्या सूचना, पूर्वाग्राही भएर समाचार लेखिनु चुनौती भएको उनले सुनाए ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पत्रकार र पत्रकारिता क्षेत्र धरासायी बन्दै गएको बताइन् । यो अवस्थामा पत्रकारलाई यो क्षेत्रमा टिकाइराख्ने खालका योजना तथा कार्यक्रम बनाएर प्रेस युनियन अघि बढ्नुपर्ने उनले सुझाव दिइन् । नेपाली कांग्रेस कास्की सहसचिव नवीन सिग्देलले पत्रकारिता क्षेत्रमा पत्रकारलाई टिकाउनै समस्या रहेको जनाए । सबै क्षेत्रबाट प्रेस जगत चपेटामा परिरहेको अवस्थामा सिर्जनात्मक काम गर्दै अघि बढ्न उनको सुझाव छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपाल पत्रकार महासंघको निर्वाचनाका लागि प्रेस युनियनका सदस्य एकजुट भएर तयारी लाग्नुपर्ने बताए । केन्द्रले शुद्धिकरणका विषयमा गरेका निर्णयमा चनाखो भएर निर्णय लिनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा नेपाली कांग्रेस प्रचार प्रसार विभागका केन्द्रीय सदस्य गंगाधर पराजुली र राजबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकीका सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, नेपाल प्रेस युनियनका सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी रवीन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, उपाध्यक्ष माधव रेग्मी, महासचिव प्रकाश ढकाल, सदस्य सुभाष पौडेल, राष्ट्रिय समाचार समिति गण्डकी प्रमुख बासुदेव पौडेल, प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्र, उपाध्यक्ष ज्योति हमाल लगायतले प्रेस माथिको चुनौति सामाना गर्न प्रेस युनियन तयार हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल प्रेस युनियनका देशभरका शाखाले आइतबार स्थापना दिवस मनाएको छ । २०४८ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा प्रेस युनियनको ९ सदस्यीय समिति गठन भएको दिनलाई युनियनले स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया