एसपी थापा पुरस्कृत

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मोहनकुमार थापाका लागि जेठ १५ विशेष दिन हो । २० वर्षअघि त्यही दिन प्रहरी सेवामा प्रवेश गरेका थापाका लागि मंगलबार अझ विशेष बन्यो ।
गण्डकी प्रदेश सरकारले उनलाई गणतन्त्र दिवसमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार’बाट सम्मान गर्यो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले थापालाई नगद २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । थापालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रदेश सरकारले पुरस्कृत गरेको हो ।
उनले कास्कीमा शान्ति सुरक्षा कायम तथा विपत् उद्धारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेकोमा पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका थापाले कानुनमा स्नातकोत्तर गरेका छन् । नेपाल प्रहरीमा उनी कानुन, अपराध अनुसन्धान र व्यवस्थापन विज्ञका रुपमा चिनिन्छन् ।
थापाले यसअघि २०७५ मा जनसेवाश्री चतुर्थ पाएका थिए भने २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा कार्यरत रहँदा उत्कृष्ट कर्मचारीका रुपमा नगद २० हजारसहित सम्मानित भएका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया