पत्रकार प्रेम सम्मानित

पोखरा ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पोखराका फोटो पत्रकार प्रेम थापालाई सम्मान गरेको छ । काठमाडौंमा मंगलबार आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे ।
परिचय डटकममा आबद्ध थापा फोटोग्राफीसहित छायांकन, सम्पादनमा सक्रिय छन् । राष्ट्रिय फोटो पत्रकार समितिका सदस्य थापा ५ वर्षदेखि पोखरामा क्रियाशील छन् ।
वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधातर्फ थापा नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।
यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र छ । १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो ।
प्रतिष्ठानले यसअघि गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो । यो प्रदर्शनी ३० जेठसम्म चल्ने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।
प्रदर्शनी उद्घाटन गर्दै मन्त्री तामाङले प्रतिष्ठानले एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको जनाउँदै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्य गरेको बताए ।
सो अवसरमा विभिन्न व्यक्तिलाई विधागत पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया