सुरेन्द्र पाण्डे बने गण्डकी प्रदेशका सातौं मुख्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
१४ जेठमा सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत बदर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमाआदेश गरेको थियो ।
पाण्डे संविधानको धारा १६८ ९३० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।केन्द्रीय सत्ता समीकरण बदलिएसँगै २१ चैत २०८० मा राजीनामा दिएका थिए ।4
नवनियुक्त मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका सातौं मुख्यमन्त्री हुन् । पहिलो र दोश्रो मुख्यमन्त्री एमाले नेता पृथ्विसुब्ब गुरुङ बनेका थिए भने कांग्रेस नेता कृष्णचन्द्र नेपाली तेश्रो मुख्यमन्त्री बनेका थिए । चौथो गृहमन्त्री एमाले नेता खगराज अधिकारी बनेका थिए भने पाँचौं मुख्यमन्त्री पाण्डे नै बनेका थिए ।
डेढ महिना अघि पाण्डेलाई हटाएर एमाले नेता अधिकारी छठौं मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनै अधिकारीलाई प्रतिस्थापन गर्दै पाण्डे सातौं मुख्यमन्त्री नियुक्त भएका छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया