योजना आयोगमा डा देवकोटा

समाधान संवाददाता २०८१ जेठ १८ गते १०:४४
प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष

पोखरा ।

Advertisement

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारको बिहीबार भएको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।


आयोगका अध्यक्ष एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डा देवकोटालाई बिहीबारै पद तथा गोपनियताको सपथ गराएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भोलिपल्ट आयोग उपाध्यक्ष नियुक्त गरेका हुन् ।

Advertisement


यसअघिको पाण्डे नेतृत्वको गण्डकी सरकारमा पनि डा देवकोटा उपाध्यक्ष थिए । आयोगका बाँकी २ सदस्य भने खाली छन् । देवकोटाले दक्षिण कोरियाबाट विद्यावारिधि गरेका छन् ।


पदभार ग्रहणपछि उपाध्यक्ष डा देवकोटाले दोस्रो पञ्च वर्षीय योजनाको आधारपत्र अनुरुप आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने र दोस्रो योजनालाई समेत अन्तिम रुप दिन लाग्ने जनाए ।

Advertisement

‘दोस्रो पञ्च वर्षीय योजनाको आधारपत्र अनुसार योजनालाई अन्तिम रुप दिन्छौँ, सँगसँगै नीति तथा कार्यक्रम र बजेट निर्माण हुन्छ,’ उनले भने, ‘हामी गण्डकीको विकासको मार्गचित्र कोरेर अघि बढ्छौं ।’

तपाईको प्रतिक्रिया