व्यक्ति एक, सुकर्म अनेक

नम्र छ बोली मधुर अति मिठास पस्कने
सद्भाव अति अरुका मर्का आफैंले सहने ।
लाखौको मनमा बसन सफल् आधार भैदिने
जन् जन्का लागि कोमल अति मुसुक्क हाँसिदिने ।
सुन्दर प्रकृतिका अनुसार पृथ्वी रुपी आमाको कोखमा जन्मने मानव प्राणीसँग अथाह ज्ञानको सागरभित्र असीमित शक्तिहरु निहित हुन्छन् । मानव जीवनका लागि त्यो सबै ब्रह्माण्डिय शक्ति पनि बन्न सक्छन् । त्यसमा देश, काल, वातावरण, खानपान, विधि व्यवहार, शिक्षा स्वास्थ्य, दुःख कष्ट, उठबस आदिले पनि मानव प्राणीलाई प्रभाव त पार्छ नै । मेरो हृदय पहाडमा यस्तै धेरै विषयमा शंखनाथ गर्दै बोलिरहन्छ । प्रत्येक मानवमा बुद्धत्व छ । आइन्स्टाइनको जस्तै वैज्ञानिक शक्ति छ । लक्ष्मीप्रसाद देवकोटाको जस्तै साहित्यिक शक्ति छ ।
पृथ्वीनारायण शाहको जस्तै देशभक्तिको बहादुरी छ । माक्र्स, लेनिन र माओत्सेतुङको जस्तै वाद र विवाद वादको शक्ति पनि छ । मदन भण्डारीको जस्तै व्यवहारिक सिद्धान्त र भाषण कलाको शक्ति पनि छ । हो, सबैलाई एउटा न एउटा महान शक्ति प्रकृति आमाले दिएरै पठाएकी हुन्छिन् । विभिन्न महान् शक्तिका लागि अनवरत लागेर अडिगताका साथ हार नमानी अगाडि बढिरहने हो भने सबै मानवले आ–आफ्ना सुन्दर मार्ग बनाएर विश्वभरी प्रकाश छर्ने कुरामा दुई मत छैन । किनकी अविरल बगिरहने कुनै पनि नदी किनारमा गएर हेरेमात्र पुग्छ ।
त्यसै गरी अहोरात्र खद्ने आफ्नो लक्ष्य र उद्धेश्यको डुंगा क्रमशः खियाइरहने, अब म थाके हैं भन्ने शब्द बिर्सिएका एक परिश्रमी व्यक्तिलाई धेरै जनताले चिन्दछन् । विद्यार्थीसमेत सुकर्म गर्ने महान् लाखौ लाख व्यक्तिहरुका लागि हाम्रा हिजोका दूरदर्शी, परिश्रमी ऋषिमुनि पुर्खाले हामीलाई एक सन्देश छोडेका रहेछन् ।
क्षण त्यागे कुतो विद्या ? कण त्यागे कुतो धनम् ?
क्षणश कणषस् चैव विद्यामथ्र्यन्च चिन्तयेत् ।।
समय र अवस्थाले धेरै विषयमा कर्मशील बनेर अगाडि बढिरहने र मनमा लागेका लक्ष्यका लागि जेसुकै परे पनि धैर्य नछोड्ने व्यक्तिको उदय पोखराको निकट गाउँमा भएर आज उनको सुन्दर इतिहास खडा भइसकेको छ । २०१२ सालको जन्म समय भनेको आगो पार्न झुलो+दर्शन ढुंगा+चक्मकको टक्रावबाट झिल्का निकाली पालीको खर थुतेर अग्नी जगाई दैलोपोतो गर्ने हाम्रो अवस्था थियो । त्यो समयमा जन्मेर आज नेपाल राष्ट्रकै लागि एक उदाहरणीय व्यक्ति पुम्दीमा जन्मेर हाल पोखरा समेत मुलुकभरी नै उनको नाम गुञ्जयमान भइरहेको छ ।
सानो उमेरदेखि नै दूरदर्शी, तीक्ष्ण, लगनशील, इमान्दार, धैर्य र सहनशीलता नै उनका जीवनका प्रकाशमय गोरेटा हुन् । आज छिमेकीसमेत उनका कृषि कर्म गर्ने बुवाले प्रफुल्लित हुँदै भन्ने गरेको सुनिन्थ्यो, ‘छोरा त साँच्चै एउटा ऐतिहासिक र भोलिको कर्मवीर नै हुन्छ कि क्या हो ।’ यी आदि खालका प्रेरणाले विभिन्न क्षेत्रमा कर्म गर्दै जाँदा समाज, जिल्ला, प्रदेश हुँदै नेपाल र छिमेकी राष्ट्रसम्म कर्मवीर सन्देश फैलिदै गएको छ । उनको नाम होः चन्द्रकान्त बराल ।
यसरी महान् र शुभकर्मका लागि अष्ट शक्ति प्रायः व्यक्तिहरुले मात्र पूरा गर्न सकिन्छ भनेर हाम्रो सभ्यतामा बोलेको छ ।
१. समेट्ने शक्ति २. सहने शक्ति ३. समायोजन शक्ति ४. परख गर्न सक्ने शक्ति
५. निर्णय शक्ति ६. सामना शक्ति ७. सहयोग शक्ति र ८. संकीर्ण शक्ति हुन् ।
उनले सुरुवातदेखि हालसम्म गरेका शुभ कर्मको सम्पूर्ण व्याख्या यो छोटो लेखमा सम्भव छैन । यर्थाथ केलाएर, निफनेर, छिन्केर, कोट्याएर लेख्ने हो भने ठूलै ग्रन्थ तयार पार्न सकिने हुन्छ । तैपनि यसमा केही छोटकरी कुरा मात्र लेख्न सम्भव भएको छ ।
दृष्टिपुतं न्यसेत्पादं वस्त्रपूतं विवेज्जलम् ।
शास्त्रपूतं वदेदवाक्यं मनःपूतं समाचरेत् ।।
अर्थात् आँखाले हेरेर पाइला चाल्नुपर्छ, कपडाले छानेर जल पिउनु उचित हुन्छ, शास्त्रले शुद्ध गरिएको वचन बोल्न उचित हुन्छ, मन शुद्ध गरेर अर्थात् विचार गरेरमात्र कार्य गर्नु उचित छ भनेर हिजो नै चाँडक्य नीतिमा भनिएको थियो । उल्लिखित कुरालाई संघर्षशील व्यक्ति चन्द्रकान्तले मनन गरिसकेका रहेछन् ।
ग्रामीण जीवनमा १४ सन्तानमध्ये साइला उनले आफ्ना बुवासँग कृषि, कुटिर उद्योग, पशुपालन फेवा मिट प्रोडक्ट आदिको उत्पादन र वृद्धिका लागि सल्लाह गर्दै अगाडि बढ्दै जाँदा आजको स्थितिमा आइपुग्न जीवनको सफल यात्रा स्मरण आवश्यक छ ।
यो उनका बाबाआमाको आर्शीवाद पनि हो । कृषि साथै सहकारीमा संलग्न हुँदै २०३७ मा केही बंगुर र कुखुरापालन गर्दै अगाडि बढ्न सुरु गरेका थिए । सुरुमा केही ऋण लिएर व्यवसायलाई टेवा र सेवामा जोड गर्दै अगाडि बढ्दै जाँदा धेरै नै व्यक्तिलाई रोजगार दिन सफल हुँदै गए ।
केही अन्य व्यक्ति र आफ्नै संलग्नतामा सञ्चालन गरिएका व्यवसायहरु पुम्दी, पोखरा, चितवन, वीरगञ्ज, विराटनगर, हेटौँडा, भैरहवा सम्मका क्षेत्रमा नमूनाका साथ अगाडि बढ्दै देशमा कायापलट गर्दै इमान्दार राष्ट्रवादी करदाता व्यक्तिका रुपमा नेपाली जनताले नाम लिन थालेका छन् । यसरी ग्रामीण स्तरमा जन्मेका साधारण किसानको छोराले आज हजारौं व्यक्तिलाई रोजगार दिन सफल हुने व्यक्तिको लगनशीलता र इमान्दारितालाई राज्यले पनि सम्मान गरोस् भन्ने आवाज जनताबाटै आइरहेको छ ।
२०६३ देखि बैंक तथा वित्तीय क्षेत्रमा प्रवेश गरी विभिन्न सहकारी साथै गरिमा विकास बैंकमा ठूलो लगानी गर्दै एक कार्यकाल सो बैंकको अध्यक्ष पनि भइसकेका छन् । कैयौं संघ, संस्थामा प्रवेश गर्दै सामुदायिक विद्यालय, वृद्धाश्रम, लायन्स क्लबदेखि विभिन्न क्षेत्रमा इमान्दारिता कायम राख्दै अग्रगतिमा फड्को मार्दै सबैका प्रिय चन्द्रकान्त अगाडि बढिरहेका छन् ।
पुम्दीकोट विकास समिति र धार्मिक पर्यटनका लागि अहोरात्र खटिरहने धर्मनशारुपी बानी परिसकेको छ । उनकै अभियान र अरु धेरै जनता साथै संघ संस्थाको सहयोगमा ५१ फिट अग्लो शिव र शंकरको मूर्ति राख्न सफल देखिएका छन् । यसैका कारण आन्तरिक र बाह्य पर्यटन क्षेत्रमा ठूलो वरदान साबित भएको छ । अन्य क्षेत्रका लागि नगदसमेत कैयौं देवी देवताका मूर्तिहरु प्रदान गरेर मठ, मन्दिरहरुमा राखेर सद्भाव गर्दै धार्मिक छलाङ मार्दै अगाडि बढ्दै आफ्नो मार्ग चम्किलो पार्दै डटेका छन् चन्द्रकान्त ।
उनको दूरदर्शीता, लगनशीलता, इमान्दारीको कवचमा चम्किलो जलप थपिदै जाने कुरामा नेपाली जनता ढुक्क छन् । धार्मिक क्षेत्र अझ प्रकाशमय र विश्वव्यापी बनाउँदै पर्यटनमार्फत जनतालाई अझ प्रगतिका साथ शान्ति दिलाउनुपर्ने देखिन्छ । विरौटाबाट सुरु गरी पुम्दीकोट, शिव मन्दिर हुँदै बुद्ध स्तूप पुर्याएर घुमाउँदै सराङ्गकोट हुँदै, काहुँ डाँडा हुँदै पुनः पुम्दीकोट शिव मन्दिरसम्म केबुलकार पु¥याउने उनको अभियान अगाडि बढोस् भन्ने कामना गर्दछु । सरकार र जनताको होस्टेमा हैसे गर्दै शुभ कर्म भएमा चन्द्रकान्तको सपना भविष्यमा अझ सफल हुनेछ ।
सुन्दर जीवनगाथा चलाउन प्रकृति आमाले मायाका साथ श्रीमान् र श्रीमती बनाइदिएर मानव जगतलाई खुसीमा डुबाइदिएको विषय भनिरहन परेन । हाम्रो सामाजिक व्यवस्था अनुसार आज ६८ वर्षको उमेरसम्म एक पत्नीव्रता चन्द्रकान्तको जोडी आज पनि १६ वर्षे जस्तो देखिन्छ । चन्द्रकान्तलाई यहाँसम्म पुर्याउने कर्मनिष्ठ, वरिष्ठ खम्बा उनकी लगनशील, निष्ठावान पत्नीको नाम हो मोतीमाया । चन्द्रकान्तको जीवनलाई भन्न सकिन्छः व्यक्ति एक, सुभ कर्म अनेक ।
डिल्लीराम् बराल् पिताका पुत्र कलावती कोखमा
नेपाली माटो पवित्र थलो पुम्दीको पाखामा ।
हजारौं वर्ष इतिहास बन्दै बाँचिदेऊ किताब्मा
महान तिमी नहटी पछि डटेर विश्वमा ।।
कर्मशील हात उठायौं तिम्ले चन्द्रमा बनेर
इतिहास् शुद्ध लेखियोस् तिम्रो सूर्यझै चम्केर ।
सन्तान तिम्रा महान् बनून् संघर्ष पथमा
दुःख र कष्ट ज्ञान हो भनी उठाऊ है माथमा ।।
तपाईको प्रतिक्रिया