९ देशका राजदुत एकसाथ ट्रेकिङ जाँदै

पोखरा ।
अन्नपूर्ण प्रथम हिमालमा मौरिस हर्जाेगले पाइला राखेको ७४ वर्ष पुगेको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लचेनलले विश्वका ८ हजार मिटर अग्ला हिमालमध्ये अन्नपूर्ण प्रथम पहिलोपटक आरोहण गरेका थिए ।
यही विन्दुबाट नेपालको पर्वतारोहण र हिमाल आरोहणले नयाँ दिशा पाएको थियो । त्यसयता यो दिनलाई नेपालमा अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिएको छ ।
यो दिवसमा यसपालि ९ देशका राजदूत कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोटो पदयात्रामा जाँदै छन् । उनीहरुले अन्नपूर्ण हिमाल पर्ने यो पालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म पदयात्रा गर्ने योजना छ ।
अन्नपूर्ण हिमालबाटै कास्की र म्याग्दीका एक/एक पालिकाको नाम राखिएको छ । राजदूत र विदेशी नियोगका उच्च पदस्थ अधिकारीहरुलाई आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै धम्पुस जाने छन् ।
धम्पुसबाट उनीहरुको पत्रयात्रा सुरु हुनेछ । कार्यक्रमको आयोजक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पदयात्रा बीचमा छाड्न चाहने वा गर्न नसक्नेका लागि गाडीको वैकल्पिक व्यवस्थासमेत गरेको छ ।
पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम बमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाउँदै छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्नपूर्ण हिमाल पहिलो आरोहणको सम्झनामा विशेष कार्यक्रम भइरहँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नयाँ तयारी गरेको छ ।
अन्नपूर्ण दिवसमा विभिन्न देशका राजदूत ट्रेकिङमा जाने छन् । उनीहरु फेवातालमा बोटिङ र केबलकारबाट सराङकोटसमेत पुग्नेछन् ।
अन्नपूर्ण आधार शिविर राख्ने गरी पालिकाले मौरिस हर्जाेगको शालिक निर्माण गरेको छ । अर्काे वर्ष ७५ औँ अन्नपूर्ण दिवसमा हर्जाेगको विख्यात पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवाद सार्वजनिक गर्ने र समारोहमा मौरिक हर्जाेगकी पत्नीलाई समेत आमन्त्रण गर्ने योजना छ ।
अन्नपूर्ण हिमाल आरोहण कास्की र म्याग्दी दुवै मार्गबाट आरोहण गर्न मिल्छ । पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल अन्नपूर्ण गाउँपालिकाले बनाएको हर्जाेगको शालिक सम्भव भएसम्म सोमबार पोखरामा अनावरण गरी म्याग्दीको अन्नपूर्ण बेस क्याम्पमा राख्ने तयारी भएको जनाउँछन् ।
अन्नपूर्ण दिवसको समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूतहरु सहभागी हुँदै छन् ।
दिवसका कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख पोखरेलले समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरिसकेका केही आरोहीलाई सम्मान गर्ने जानकारी दिए ।
आरोहीहरु पूर्णिमा श्रेष्ठ, दाबा योङजम शेर्पा र लाक्पा डेन्डी शेर्पालाई सम्मान गरिनेछ । कार्यक्रममा उनीहरुले अन्नपूर्णसँगका सम्झनाहरु पनि सुनाउने छन् । परराष्ट्र मन्त्रालयको सहकार्यमा हुने कार्यक्रमलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले समेत सघाएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी र टान गण्डकीले पनि यसमा सहकार्य गरेका छन् । यो अवसरमा आएका विशिष्ट पाहुनालाई फेवातालमा बोटिङ गराउने र केबलकार हुँदै सराङकोटसम्म लैजाने कार्यक्रमसमेत छ ।
अन्नपूर्ण दिवस पर्वतारोहण र पर्यटनको विशेष दिन हो । ‘कार्यक्रमबाट पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशमात्र नभई नेपालकै पर्वतीय पर्यटनको विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन हुने हाम्रो अपेक्षा छ,’ कार्यालय प्रमुख पोखरेलले भने । उनी पर्यटन क्षेत्रका व्यवसायीको उत्साह र ऊर्जा बढाउन पनि कार्यक्रमले सघाउने अपेक्षा गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ यस खालका गतिविधिले गण्डकी प्रदेशकै पर्यटनमा सघाउने उल्लेख गर्छन् । भन्छन्, ‘अतिविशिष्ट पाहुनाको आगमन आफैंमा अन्तर्राष्ट्रिय ब्रान्डिङ हो । यसले पर्यटन प्रवद्र्धनसँगै यहाँका सम्पदा र हिमालको प्रचारप्रसार गर्नसमेत उल्लेख्य सहयोग पुग्छ ।’









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया