बुद्धिचाल प्रतियोगितामा मितेश र चाहना प्रथम

समाधान संवाददाता २०८१ जेठ २० गते १६:२४

पोखरा ।

Advertisement


नेसनल प्याब्सन कास्कीको आयोजनामा दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता भएको छ । एनप्याबसनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा छात्र र छात्रातर्फ ४०/४० जनाको सहभागिता रहेको थियो ।


प्रतियोगितामा छात्रतर्फ कास्की मोडनाइज्ड एकेडेमीका मितेश थापा प्रथम, सिद्धार्थ लबडेल बोर्डिङ स्कुलका पृथ्वीराज न्यौपाने द्वितीय, त्रिवेणी पब्लिक हाइअर सेकेन्डरी स्कुलका प्रमोद रानाभाट तृतीय र सिद्धिविनायक बोर्डिङ स्कुलका आयस रञ्जित सान्त्वना भएका छन् ।


छात्रातर्फ त्रिवेणी पब्लिक हाइयर सेकेन्डरी स्कुलकी चाहना राई प्रथम, सिद्धिविनायक बोर्डिङ स्कुलकी सन्ध्या शर्मा द्वितीय, रत्नज्योति हाइयर सेकेन्डरी स्कुलकी श्यामसुधा पराजुली तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ सान्त्वना भएका छन् ।


विजयी विद्यार्थीलाई ट्रफी र प्रशंशा पत्र प्रदान गरिएको छ । प्रतियोगितामा सिनियर नेसनल आर्विटर नरेन्द्र रानाभाट, सिनियर नेसनल आर्विटर शुक्रकुमार प्रधान, आर्विटर विनोद नाल्मी, सिनियर नेबनल आर्विटर महेश्वर अधिकारी, नेसनल आर्विटर किरणकुमार रञ्जीत, नेसनल आर्विटर सागर साई र नेसनल आर्विटर रामबहादुर क्षेत्रीले सहजीकरण गरेका थिए ।

Advertisement


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको विभिन्न क्षमताको बौद्धिकता निखार्ने काम बुद्धिचाल प्रतियोगिताले गर्ने बताए । एनप्याब्सनले गर्ने हरेक गतिविधि उत्कृष्ट रहेको बताउँदै उनले यो प्रतियोगिताले विद्यार्थीको आत्माविश्वास, सिर्जनशीलता र धैर्य गर्ने शक्तिको विकास हुने उल्लेख गरे ।


नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य तथा कार्यक्रम संयोजक शिवराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया