मुस्ताङमा पनि मनाईयो १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

जोमसोम—मुस्ताङमा पनि १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा सोमबार बिहान यो दिवस जोमसोमको पुथाङ एअरपोर्टमा प्रभातफेरीसहित कोणसभा गरी मनाईएको हो ।
सबै प्रकारका जातीय विभेदको अन्त्य र जातीय छुवाछुतलाई बहिष्कार गरौं भन्ने नारासहित प्रहरी र प्रशासनको समन्वयमा विभिन्न सरोकारवाला निकायहरुले दिवसमा एक्येवद्धता जनाएका छन् ।
जातीय विभेद तथा छुवाछुत विरुद्ध लेखिएका व्यानर र प्लेकार्डसहित निस्किएको प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, डिएसपी भोजराज पाण्डेय,पुथाङ आमा समुहका महिला,पर्यटन व्यवसायी,यातायात व्यवसायी ,स्थानीय नागरिक र पत्रकार लगायतले उपस्थिती जनाएका थिए । दिवसका अवसरमा प्रहरीद्वारा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध लेखिएका पर्चा÷पम्प्लेटहरु स्थानीय नागरिकहरुलाई वितरण गरिएको थियो ।
प्रभातफेरीपछि आयोजित कोणसभामा मुस्ताङका प्रजिअ जनकराज पन्तले समाज र सार्वजनिक सेवा प्रवाहमा देखिन विभेद र छुवाछुतका घटनालाई कानुनको पहुँचमा ल्याउनु पर्नेमा जोड दिए । प्रजिअ पन्तले हिमालमा भन्दा पहाड र तराईका क्षेत्रहरुमा यसप्रकारका घटनाहरु विकराल हुने गरेको उल्लेख गर्दै त्यस्ता विभेद र छुवाछुतका घटनालाई अन्त्य गर्न अझै जनचेतनाको खाँचो रहेको औल्याए ।
मुस्ताङका डिएसपी भोजराज पाण्डेयले राज्यले प्रत्याभुती गरिसकेको जातीय भेदभाव र छुवाछुतका घटनालाई सामाजिक रुपमा निरुत्साहित गर्दै लैजानु पर्नेमा जोड दिए । उनले जातीय,बर्गीय र तल्लो जातीको भनेर गरिने सबै खाले विभेद र छुवाछुतका घटनालाई कानुनको दायरामा ल्याउन प्रहरी निकाय कटिवद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दर कुमार थकाली र स्थानीय प्रियंका खड्काथोकी लगायतले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको शुभकामना दिएका थिए ।
०६२÷०६३ को जनआन्दोलनपछिको संसदले नेपाललाई २०६३ साल जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसको ५ वर्षपछि २०६८ सालदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो ।







बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया