काहुँखोला भाट समाजमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८१ जेठ २२ गते १०:१३

पोखरा ।

Advertisement


पोखरा महानगरपालिका वडा नं १३ मा रहेको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चुनिएको छ ।


समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्ष शारदा रानाभाट, सचिव सुजु रानाभाट र सहसचिवमा विष्णकुमारी रानाभाट छन् । सदस्यमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सूर्य अधिकारी भाट र विष्णु रानाभाट निर्वाचित भए ।

Advertisement

सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भीमबहादुर रानाभाट, शान्ति रानाभाट, लेखनाथ रानाभाट, पितृराज रानाभाट, चन्द्रबहादुर रानाभाट र एकदेव रानाभाट सर्वसम्मत चयन भएका छन् ।


कार्यक्रममा रानाभाट तथा भाट समाजका पूर्व केन्द्रीय उपाध्यक्ष तिलक रानाभाटले समाजले अनुकरणीय कार्य गरेको बताए । सो अवसरमा गण्डकी प्रदेश कोषाध्यक्ष ज्यो रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष सूर्यबहादुर रानाभाट, शान्ति रानाभाट, मीनबहादुर रानाभाट, सल्लाहकार चन्द्रबहादुर रानाभाट, सचिव सूर्यबहादुर रानाभाट लगायतले बोलेका थिए ।

Advertisement


सोही अवसरमा समाजका अभिभावकहरु बिद्धबहादुर रानाभाट र जयकृष्ण रानाभाट, समाजलाई विधिवत वनाउन तथा भवन निर्माणमा अध्यक्षको भूमिका निर्वाह गरेका पितृराज रानाभाट, संस्थापक अध्यक्ष शान्ति रानाभाट, आर्थिक सहयोगदाता मीनबहादुर रानाभाट र समाजसेवी चन्द्रबहादुर रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष सु. भीमबहादुर रानाभाटको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया