सामुदायिक पुस्तकालय संघ गण्डकीमा माधव

पोखरा ।
नेपाल सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेश समिति गठन भएको छ । पोखरामा भएको पुस्तकालयकर्मीको २ दिने सम्मेलनले संघको प्रदेश समिति गठन गरेको हो । दीपशिखा सामुदायिक पुस्तकालयका माधव भण्डारी अध्यक्ष चयन भएका छन् ।
उपाध्यक्ष अग्यौली सामुदायिक पुस्तकालयकी दुर्गा रिजाल, सचिव लक्ष्मी स्मृति पुस्तकालय, स्याङ्जाका ध्रुवबन्धु पौडेल, र कोषाध्यक्ष म्याग्दी सामुदायिक पुस्तकालयकी रेखा रेग्मी पौडेल चुनिएकी छन् । सहसचिव भोटेओढार सार्वजनिक पुस्तकालय लमजुङका वसन्तराज खनाल चुनिए । सदस्यहरुमा सुदर्शन प्रधान, कृष्णराज पौडेल, मोहप्रसाद पनेरु, राम थापा अविरल, गोविन्द नेपाली छन् ।
भोलानाथ शर्मा, प्राडा विश्व श्रेष्ठ, कृष्णहरि भण्डारी, सूर्य क्षेत्री, चन्द्रमणि अधिकारी, नारायणबहादुर सुयल क्षेत्री, बद्री नेपाल, सरला खनाल सल्लाहकार चयन भए ।
सम्मेलनले प्रदेश घोषणापत्र जारी गरेको छ । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक सार्वजनिक पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ पोखरास्थित पोखरा सार्वजनिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालयद्वारा पोखरामा शनिवार सुुरु सम्मेलन सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम ऐतिहासिक गण्डकी सम्मेलनका रुपमा सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३५ वटा पुस्तकालयको सहभागिता रहेको सम्मेलनमा पुस्तकालयका सुख, दुःख, पीडा र सफलताका कथाहरू, विज्ञ अभियन्ताका अनुभव प्रस्तुत भएका थिए ।
गण्डकी प्रदेशका पुस्तकालयले पाठक र समुदायका सदस्यका लागि पुर्याएका जीवनोपयोगी सेवा र योगदानबारे गहन रूपमा छलफल भएको सम्मेलनबाट सार्वजनिक सामुदायिक पुस्तकालयका साझा समस्या र समाधानका उपाय पहिचानसहित गण्डकी घोषणापत्र जारी भएको हो ।
ऐन निर्माणका लागि संघीय, प्रदेश सरकार र स्थानीय तहसमक्ष माग गर्दै पोखरामा सुविधासम्पन्न प्रदेश पुस्तकालय स्थापना गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।
सरकार र स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी सबै पुस्तकालयका लागि आवश्यक बजेट विनियोजन गर्न, तालिमप्राप्त कर्मचारी र कार्यालय सहयोगीको अनिवार्य व्यवस्था गरिदिन स्थानीय तहसँग आग्रह गरिएको छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया