महिला उद्यमीमा इन्दिराको नेतृत्व

लेखनाथ ।
लेखनाथ महिला उद्यमी कृषक समूह पोखरा २७ को अध्यक्षमा इन्दिरा रोका दोहोरिएकी छन् । संस्थाको सोमबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले उनलाई पुन अध्यक्ष चुनेको हो ।
समितिको उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा शर्मिला श्रेष्ठ, सहसचिव माया सापकोटा र कोषाध्यक्षमा वन्दना शाह निर्वाचित भएका छन् । सदस्यमा जमुना गिरी, इन्दिरा लामिछाने, शर्मिला खड्का र ताराकुमारी अधिकारी छन् ।
नवनिर्वाचित समितिको पहिलो बैठलले सल्लाहकारमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, महासिचव जानुका अधिकारी, पार्वती थापा, गंगा मल्ल, शान्ति खनाल, सन्ध्या दाहाल, सूर्यकुमारी बञ्जारा र विष्णुमाया गिरीलाई चयन गरेको छ ।
सभामा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महिलाको सक्रियता र क्रियाशीलतामा वृद्धि गर्दै उद्यमशीलताको विकास गर्नका लागि संघको भातृ संस्थाका रुपमा लेखनाथ महिला उद्यमी कृषक समूह स्थापना भएको जनाए ।
उनले महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्नका लागि संघ तत्पर रहेको उल्लेख गरे । उनले पोखरा महानरगपालिका लगायतका विभिन्न संघ, संस्था र निकायसँग सहकार्य र समन्वय गर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु लक्ष्मीप्रसाद त्रिपाठी र बलराम ढकाल, महासचिव जानुका पराजुली, समूहकी संस्थापक अध्यक्ष मेनुका श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पताल रजहर नवलपरासीका डा. विमल पौडेलले प्राकृतिक चिकित्सा, खानपान, व्यायाम र योग लगायतका विषयमा प्रस्तुति राखेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया