पितृसत्ताविरुद्धको लडाइँमा साथै छौंः मुख्यमन्त्री

समाधान संवाददाता २०७६ साउन ९ गते १४:०४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाइँमा प्रदेश सरकार साथमै रहेको बताएका छन् । ‘महिलामाथि हुने हिंसा र पितृसत्ताविरुद्धको लडाइँमा हामी साथमै छौं,’ उनले भने, ‘समानता कायम गर्न र विभेदको अन्त्य गर्न लागि परौं ।’

नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाको महान पर्व हरितालिका तीजलाई भड्किलो हुन नदिन बुझाएको ज्ञापनपत्र बुभ्mदै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । प्रदेश सरकारले समानता र विभेद अन्त्य गर्न चाहेको भन्दै त्यसका लागि सहकार्य र सुझाव दिनसमेत आह्वान गरे ।

Advertisement

तीजलाई भड्किलो हुन नदिन आफ्नो ठाउँबाट सहयोग गर्नेसमेत उनले बताए । ‘प्रदेश सरकारका मन्त्री र सांसदलाई भोज भतेर र भड्किलो कार्यक्रम नजान आफूले आह्वान गर्ने भन्दै उनले भने, ‘विभेदको अन्त्य र समानताका लागि प्रवचन, विचार गोष्ठीमा जान सकिन्छ, तर भोज भतेरमा नजान म आह्वान गर्छु ।’

गलत कुराको पछि नलाग्न आग्रह गर्दै उनले निरपेक्ष ढंगले विषयलाई बुभ्mन नहुने बताए । ‘कतिपय ठाउँमा पुरुषले नशालु पदार्थ प्रयोग गर्दा समानताका लागि महिलाले पनि गर्नुपर्छ भन्ने सुनेको छु,’ उनले भने, ‘पतिले बहुविवाह ग¥यो भने पत्नीलेले पनि बहुविवाह गर्नुपर्छ भन्न हुँदैन, कानुनले बन्देज लगाएको काम गर्नु समानता होइन ।’

Advertisement

उनले विभेदको अन्त्य र समानताको स्थापना एवं पितृसत्ताविरुद्धको लडाइँमा केन्द्रित हुनसमेत आह्वान गरे ।

नारी जागरण अभियान पोखराकी संयोजक अञ्जु केसीसहितको टोलीले मुख्यमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको थियो । अभियानका क्रममा मंगलबार उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका थिए । टोलीले मुख्यमन्त्री कार्यालयसँगै सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखराका मेयर मानबहादुर जिसीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउन नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेल लगायत नारी जागरण अभियानका अभियन्ता सहभागी थिए ।

तपाईको प्रतिक्रिया