रिमाल समाज गण्डकीमा गोकुल

समाधान संवाददाता २०८१ जेठ २२ गते १२:२३

पोखरा ।
रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement


उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दीप रिमाल, कोषाध्यक्षमा गंगा रिमाल, सह–सचिवमा सुशील रिमाल निर्वाचित भएका छन् । सदस्यमा क्रृषिराम रिमाल, यमप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानी शंकर रिमाल, पुरुषोक्तम रिमाल चयन भए ।


रिमाल समाज गण्डकी अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रिमाल समाजका केन्द्रीय महासचिव रवि रिमाल, कुष्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्रमोहन रिमाल, १२ का अध्यक्ष झलकप्रसाद रिमाल, सल्लाहकारहरु महेन्द्र रिमाल, लालुप्रसाद शर्मा रिमाल, डिल्लीराम रिमाल लगायतले बोलेका थिए । अधिवेशनमा गण्डकी प्रदेशका जिल्लाहरुबाट आएका रिमालहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया