मादल, खैजडी र मुजुरा बजाउने तालिम
समाधान संवाददाता
२०८१ जेठ २३ गते १२:११
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्ग स्थित अभियान महिला समूहका सदस्यले मादल, खैजडी र मुजुरा बजाउनका लागि सीपमुलक तालिम लिएका छन् । समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा समूहमा आबद्ध ३५ जनाले यो तालिम लिएका हुन् ।
५ दिनसम्म भएको तालिममा सहभागीलाई रुद्र सुवेदी च्वाईले खैजडी र मुजुरा, सुनीता पौडेलले मादल बजाउने सँगै अन्य विविध विषयमा सहजीकरण गरेका थिए । समूहकी अध्यक्ष सरस्वती रिमालले सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको जनाए ।
कार्यक्रममा समूहकी उपाध्यक्ष गंगादेवी पौडेल र सदस्य सावित्री पराजुलीले नेपाली मौलिक बाजा बुझाउने र नयाँ पुस्तालाई यसतर्फ आकर्षित बनाउन तालिम आयोजना गरिएको जनाए ।
सम्बन्धित








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया