ग्रिन पार्कमा बिरुवा रोपियो
समाधान संवाददाता
२०८१ जेठ २५ गते १७:००

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा रहेको ग्रिन पार्कमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ ।
करिब १० रोपनीमा रहेको पार्कलाई महानगरकै नमुना पार्कका रुपमा विकास गरउने लक्ष्यका साथ काम भएको छ । पार्कमा फलफूल तथा धार्मिक महत्व बोकेका विभिन्न जातका करिब तीन सय विरुवा रोपिएको वाड सचिव वलराम पाठकले जानकारी दिए ।
पार्क संरक्षण समितिका अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले पार्कलाई बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने गरी विकास गरिने जनाए ।
उनले यसको उचित संरक्षण गर्नु सबैको कर्तव्य भएकोसमेत उल्लेख गरे ।
सम्बन्धित









‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया