ठकुरी महिलालाई तालिम

पोखरा ।
ठकुरी महिला परिवारका सदस्यहरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनस्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाहरूको सहभागिता थियो ।
तालिमको उदघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिका लागि जीवनोपयोगी तालिम सञ्चालन गरेको बताइन् । तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वाससँगै क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने बताए ।
ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको सुनाइन् । ठकुरी संगम परिवारका अध्यक्ष शेरबहादुर उच्चै लगायतले बोलेको कार्यक्रममा सहभागी सम्झना हमालले सहभागी मन्तव्यसहित तालिमको प्रतिवेदन प्रस्तुत गरिन् ।
ठकुरी महिला परिवारकी अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी हमाल खाँण ठकुरीले गरेकी थिइन् ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया