गण्डकी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

पाेखरा ।
गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा बिहीबारदेखि छलफल सुरु भएको छ ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा उल्लेख नगरिएकाे बताए । प्रेसलाई चौथो अंग मानिने तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे।
अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताउँदै योजना बैंकको सम्बन्धमा सार्वभौम संसद्ले थाहा पाउनुपर्ने उनको भनाइ थियो ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनको विषय उल्लेख नभएको उनकाे गुनासाे छ । सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भिर बन्नुपर्ने प्रदेशसभा सदस्य अधिकारीले बताए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया