पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले लगाए ताला

पाेखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता सिफारिस भएको डेढ वर्षसम्म सदस्यता नपाएपछि कास्कीका १८ जना पत्रकारको समूहले शुक्रबार तालाबन्दी गरेको हो ।
पत्रकारको तालाबन्दीले महासंघ कास्की अध्यक्ष विमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाल भित्रै थुनिएका छन् ।
बाहिर निस्कन र आन्दोलनलाई सहजीकरण गर्न साढे दुई घण्टासम्म आग्रह गर्दा पनि अटेर गरेपछि अध्यक्ष र कार्यालय सचिवलाई भित्रै राखेर ताला लगाउन बाध्य भएको पत्रकार अनुप पौडेलले बताए ।
‘हामीले दिउँसो साढे ३ बजे गएर हामी आन्दोलन स्वरुप ताला लगाउँदै छौँ भन्यौँ । निस्किनुस् भनेर साँझ ५ बजेसम्म आग्रह गर्यौं,’ उनले भने, ‘उहाँ गैरपत्रकारले ताला लगाउन मिल्दैन भन्नुभयो । आफैँ पत्रकार हुन्, सदस्यता दिनपर्छ भनेर सिफारिस गर्ने अनि पत्रकार होइन भन्न मिल्छ ?झ
नेपाल पत्रकार महासंघ कास्कीले २०७९ मंसिरमा आवेदन मागेको थियो । ९१ जनाले आवेदन भरेकोमा १८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया