अनुपम म्युजिकको २०२ औँ तालिम

पोखरा ।
अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृंखलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।
जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । आफूले पनि आफ्नो वडाका दिदीबहिनी, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि भाषणकलासम्बन्धी तालिम आयोजना गरेको स्मरण गर्दै उनले यसले मानिसको व्यक्तित्वलाई उच्च बनाउन सहयोग गर्ने अनुभव सुनाए ।
अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निःशुल्क तालिम लिन सकिने बताए ।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया