सुकुम्बासी संघमा बलकोटी

पोखरा ।
अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्लाको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रमेश बलकोटीको अध्यक्षता नयाँ समिति बनाएको छ । मंगलबहादुर सुनार र सन्तमाया क्षेत्री २ उपाध्यक्ष नयाँ समितिमा चुनिएका छन् ।
अशोक राई सचिव, बलवीर राना सह–सचिव,शान्ति तामाङ कोषध्याक्ष चुनिए । ४५ जना सचिवालय सदस्य हुने गरी समिति गठन भएको जानकारी संघको सचिव अशोक राईले दिए ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका इन्चार्ज एवं पूर्व गण्डकी प्रदेश अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले अधिवेशन उद्घाटन गरेका थिए ।
बरालले सबै राजनीतिक दलहरुलाई दलभन्दा माथि उठेर सुकुम्बासी तथा अव्यवस्थित बसोबसीहरुलाई कुनै पनि अवरोध सिर्जना नगरी जग्गाधनी पुर्जा उपलब्ध गराउन आग्रह गरे ।
पार्टीका गण्डकी प्रदेश सदस्य एवं संघका केन्द्रीय सचिव ओमबहादुर पौडेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा सम्बन्धित कार्यविधि संशोधन पश्चातमात्र भूमि प्राप्तिको लागि सहज हुने अन्यथा यो समस्या जस्ताको त्यस्तै रहने विचार व्यक्त गरे ।
संगठनलाई अझ मजबुत बनाउन एकीकृत हुनुपर्ने संगठनका नेता अर्जुन मल्लले बताए । विगत २०५७ सालबाट नै संगठनले निरन्तर सुकुम्बासी तथा अव्यवस्थितहरुको हक अधिकारका लागि संघर्ष गर्दै आएको र भविष्यमा पनि अखिल नेपाल सुकुम्बासी संघ कास्कीले यसैगरी नै काम गर्दै जाने पोखरा महानगरका उपाध्यक्ष एवं संघका जिल्लाका फ्याक्सन इन्चार्ज हर्कमान विश्वकमाले प्रतिबद्धता जाहेर गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु तेजकुमरी पौडेल, दुर्गा विक, सोमती गुरुङ, गंगा पोखरेल, बखानसिंह गुरुङ, प्रदेशका सचिवालय सदस्य विनय थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया