प्रतिभा माविमा समाचार वाचन

पोखरा ।
विद्यार्थीको वाक्कला तथा पठन सीपलाई उजागर गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार नेपाली समाचार वाचन प्रतियोगिता भएको छ ।
कार्यक्रममा ज्योतिन्मा ताम्रकार प्रथम, आयना गुरुङ द्वितीय, प्राप्ति पौडेल तृतीय र विराज भट्टराई सान्त्वना बने । कार्यक्रमको निर्णायकमा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुवेदीले थिए ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ६ देखि ७ कक्षाका ६२ जना विद्यार्थीको सहभागी थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले समाचार वाचन आर्फैमा अत्यन्त कैशलतापूर्वक गरिने विषय भएकाले समाचारमा लेखिएका शब्द र वाक्यलाई मात्र पढ्नु नभएर विशेष प्रकारको कला, क्षमता र खुबीलाई कसीमा राखेर जोखिने बताए ।
विद्यालयका सहप्राचार्य प्रदीप खनालले समाचार वाचन कार्यक्रमबाट आफूले सिकेको सीप र दक्षतालाई अभ्यास गदै अगाडि बढेको खण्डमा कुनै पनि सञ्चार माध्यममा समाचार वाचन तथा एउटा राम्रो पत्रकार बन्न सकिने जनाए । कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया