पोखरा १२ का बासिन्दालाई मणिपाल अस्पतालमा छुट

समाधान संवाददाता २०८१ असार ३ गते ११:२२

पोखरा ।
पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र हस्पिटलबिच आइतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो ।

Advertisement


पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडुविलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


उक्त सम्झौतामा वडावासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, सिटीस्क्यान तथा यमआरईमा १० प्रतिशत, अपरेसनमा १० प्रतिशत, शहरी स्वास्थ्य केन्द्र पोखरा १२ मा हप्ताको एक दिन निशुल्क डाक्टरी सेवाको सुरुवात गरिने लगायत पोखरा महानगरपालिका १२ का कर्मचारीलाई समेत यो सेवा प्रधान गरिने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया