ओलम्पिक दिवसमा माउन्ट अन्नपूर्णमा प्रतियोगिताहरू

विवेक गौतम
पोखरा
माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्य गर्दै असार ६ देखि ८ गतेसम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवस जुन २३ को सन्दर्भ पारेर विद्यालयले प्रतियोगिताहरू गर्न लागेको जानकारी प्राचार्य सइन्द्रराज श्रेष्ठले दिए । शैक्षिक सत्र २०८० मा एसइई दिएर बसेका विद्यार्थीको फुर्सदको समयलाई फलदायी बनाउने र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक अशोककुमार शाहीले सुनाए ।
बास्केटबल, वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगिताहरु राखिएका छन् । विविध विधामा विजय हुने छात्र र छात्रालाई आकर्षक पुरस्कार समेत राखिएको छ । बास्केटबल प्रतियोगितामा छात्रतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई १० र तृतीयलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । उक्त प्रतियोगितामा भाग लिन ६ गते ४ बजेभित्र दर्ता गरिसक्नुपर्ने विद्यालयले जनाएको छ । छात्रातर्फ क्रमशः ९, ६ र ३ हजार रुपैयाँको पुरस्कार छ ।
ओलम्पिक खेलको भूमिका शीर्षक वत्तृत्वकला प्रतियोगितामा ७, ५, ३ हजार रुपैयाँ प्रथम, द्वितीय र तृतीय पुरस्कार छ भने सान्त्वना स्वरुप १ हजार प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताका लागि भने ५ गतेभित्र नाम दर्ता गराउनुपर्ने छ । ५ गते नै नाम दर्ता गराई वर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकको निबन्ध लेखन प्रतियोगितामा भाग लिनसक्ने जनाइएको छ । उक्त प्रतियोगितामा पनि प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी ७, ५, ३ र १ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
तपाईको प्रतिक्रिया