कास्कीका सिडिओलाई स्वागत, एसपीलाई सम्मान

पोखरा ।
होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई स्वागत र कास्की प्रहरी प्रमुख मोहनकुमार थापालाई सम्मान गरेको छ । हालै कास्कीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघले स्वागत गरेको हो ।
जिल्लामा शान्ति, सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेख योगदान पुर्याएको भन्दै सोमबार थापालाई सम्मान गरिएको हो । २० वर्षअघि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापालाई गण्डकी प्रदेश सरकारले यसपालिको गणतन्त्र दिवसमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार’बाट सम्मान गरेको थियो ।
नेपाल प्रहरीमा थापा कानुन, अपराध अनुसन्धान र व्यवस्थापन विज्ञका रुपमा चिनिन्छन् । थापाले यसअघि २०७५ मा जनसेवाश्री चतुर्थ पाएका थिए भने २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा कार्यरत रहँदा उत्कृष्ट कर्मचारीका रुपमा नगद २० हजारसहित सम्मानित भएका थिए ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानुनी रुपमा दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको जनाए । मोडिफाइ गरिएका बाइक नियन्त्रण, चुस्त शान्ति, सुरक्षाले पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको उनको भनाइ छ । पोखरा र वरपरको होटल क्षेत्रमा मात्र पाँच खर्बभन्दा बढी लगानी भएको बताइन्छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको समग्र सुरक्षा, उपभोक्ता अधिकारलाई समेत ख्याल गरी प्रहरी प्रशासन अगाडि बढ्ने प्रतिबद्धता गरे । प्रहरी उपरीक्षक थापाले विविध, विकृति विरुद्ध कास्की प्रहरीले अभियानलाई जारी राख्ने उल्लेख गरे । मोडिफाई गरिएका छ सय ८१ मोटरसाइकललाई कार्बाही गर्दा ५० लाख रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।
कार्यक्रमका संघका सल्लाहकार र पदाधिकारीले पोखरा पर्यटकीय राजधानी घोषणासँगै रात्रिकालिन व्यवसाय २४ घण्टा खोल्न ४१ बुँदे आचारसंहिता पालना गराउनुपर्ने र अनुगमन समेत गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा होटल संघ पोखरा नेपालका पूर्वअध्यक्ष भरतराज पराजुली, हान गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु बच्चुराम तिवारी, मेहरमान श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल, महासचिव राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया