कास्कीमा छन्द बचाऊँ दर्ता
समाधान संवाददाता
२०८१ असार ५ गते १५:३६
पोखरा ।
जिल्ला प्रशाशन कार्यालय कास्कीमा छन्द बचाऊँ नामको एक पत्रिका दर्ता भएको छ । मंगलबार दर्ता भई दर्ता नं ३६६ रहेको सो पत्रिकाको सम्पादक र प्रकाशकमा छन्द बचाऊँ अभियान– २०५३ का संचालक एवम् महाकाव्यकार माधव वियोगी रहेका छन् ।
हरेक वर्ष छन्ददिवसका दिन वैशाख ८ गते माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा छन्द सम्बन्धी गतिविधि छन्द सम्बन्धी रचना प्रकाशित गरी छन्दको पुर्जागृतिलाई थप व्यवस्थित गर्ने उद्देश्यले पत्रिका दर्ता गरिएको वियोगीले जानकारी दिए ।
२०४१ देखि पत्रकारितामा संलग्न रहेका वियोगी चेतनापत्र दैनिकका सम्पादक पनि हुन् । उनले पत्रकारिताका अनुभव र सम्पादकीयको संकलन पुस्तकका रूपमा पनि प्रकाशित गरेका छन् । आफ्नो नाममा दर्ता भएपनि सो पत्रिकाको प्रकाशनको अधिकार प्रतिष्ठानलाई सुम्पने जानकारी पनि वियोगीले दिए ।
सम्बन्धित
२








यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया