दीपशिखा पुस्तकालयमा ट्याग परियोजना

पोखरा ।
पोखरामहानगर पालिका वडा नं २९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना अन्तर्गत ट्याग सुरुआती कार्यक्रम भएको छ ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भोजराज न्यौपानले ट्याग परियोजना किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण कदमको रुपमा रहेको आफूले महसुस गरेको बताए ।
रिड नेपालका सिनियर ट्याग कोओर्डिनेटर भाग्यश्री बिष्टले यस परियोजना अन्तर्गत किशोरीहरुलाई जीवन सीप, नेतृत्व विकास, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य, वित्तीय साक्षरता र उद्यमशीलता सम्बन्धी प्रशिक्षण दिइन उल्लेख गरिन् ।
अर्का ट्याग कोओर्डिनेटर दीक्षा अधिकारीले अभिभावकहरुलाई आफ्ना नानीहरुलाई सहयोग गरी यस परियोजनाका सीपबाट व्यक्तित्व विकास गर्न आग्रह गरिन् ।
कार्यक्रममा जनप्रकाश मावि व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदी, सरस्वती टीका मावि प्रधानाध्यापक सूर्यराज अधिकारी, त्रिभुवन शान्ति नमुना मावि प्रधानाध्यापक सोमत कुमारी लामिछाने, पट्नेरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं पुस्तकालय सल्लाहकार छत्रधर आत्रेय, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, मेन्टर टिचर सावित्री भण्डारी र एलिसा केसीले शुभकामना दिएका थिए ।
दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्ठारीले स्वागत गरेको कार्यक्रम पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले सञ्चालन गरेका थिए । परियोजना १० महिनासम्म चल्ने कार्यालय प्रमुख धनु पहारीले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया