पत्रकारलाई फिचर लेखन तालिम

पोखरा ।
गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाइँ भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटनपछि अधिकारीले सो कुरा बताएका हुन् ।
‘भाषामा व्याकरणविदहरुले अराजतकता भएको टिप्पणी गर्छन्,’ उनले भने, ‘तर, अराजकताले कहिलेकाहीँ नयाँ कुरा पनि निकाल्छ ।’ उनले भाषा गतिशील हुने विचार पनि राखे । भाषाले व्याकरण नभई व्याकरणले भाषा पछ्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरिसकेको भन्दै समयमै निवार्चन गर्नुपर्ने बताए । पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले भाषा शैली सम्बन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामूहिक बहसमूलक कार्यक्रमदेखि पर्यटकीय क्षेत्रहको प्रचार गर्न कार्यक्रमहरु सञ्चालन गर्दे आइरहेको बताए । उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने जानकारी दिए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत सञ्चालन गर्ने क्लबको योजना रहेको बताए ।
तालिममा पोखराका क्रियाशील नयाँ तथा पुराना पत्रकाहरुको सहभागिता थियो । पत्रकारितामा फिचर लेखन र भाषा शैलीबारे पत्रकार वासुदेव मिश्र र केशव शरणले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरुमध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाई आगामी साता नगद १० हजार रुपैयाँसहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठी जानकारी दिए । कार्यक्रम क्लबका उपाध्यक्ष राजाराज पौडेल कोषाध्यक्ष राजु गिरी लगायले बोलेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया