रेडक्रसकर्मीलाई प्रतिवेदन लेखन तालिम

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको लंैगिक तथा सामाजिक समावेशीकरण समितिले पोखरा महानगरका रेडक्रस उपशाखाका महिला प्रतिनिधिलाई प्रतिवेदन लेखन तथा उद्घोषण तालिम दिएको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत रेडक्रस गतिविधिमा थप अभ्यस्त गराउन महानगरका ३१ उपशाखाका प्रतिनिधिलाई तालिम दिएको कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
तालिममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख मोहनसिंह खड्का, विपद् व्यवस्थापन शाखाका प्रमुख नवराज भण्डारी र पत्रकार दीपेन्द्र श्रेष्ठले रेडक्रस परिचय, प्रतिवेदन लेखन सीप र लेखन शैली, उद्घोषण कला र सीप, उद्घोषण भाषा शैली र सीप लगायतका विषयमा सहजीकरण गरेका थिए ।
रेडक्रस सोसाइटी कास्कीका सभापति शर्माले मध्य वर्षात भएकाले महानगर अन्तर्गतका उपशाखाका प्रतिनिधिलाई लक्षित गरी तालिम दिएको बताए । उनले बाँकी ४ पालिकाका प्रतिनिधिलाई केन्द्रीत गरी फेरि कार्यक्रम गर्ने जानकारी दिए । समाजमा सचेत र अगुवा भएको कारण उपशाखाका नेतृत्व उल्लेख गर्दै उनले तालिममा धेरै ज्ञान र सीप सिकेर सवल र सक्षम बन्न सुझाव दिए ।
रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्काले सीप र तालिम जहिले पनि आवश्यक पर्ने बताइन् । रेडक्रस कास्की कोषाध्यक्ष सन्तोष अधिकारीले प्रतिवेदन राम्रो लेख्न सके उत्कृष्ट शाखा बन्न सक्ने जानकारी दिए ।
रेडक्रस सोसाइटी कास्कीका सदस्य रमा त्रिपाठीले लैंगिक तथा सामाजिक समावेशिकरण समितिले रेडक्रसमा आवद्ध महिलाको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएको बताइन् ।









सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गुप्तेश्वरका एमबिए विद्यार्थीको ‘फिल्ड भिजिट’ मा कालाबाङ होमस्टे पुग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया