माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले स्थानीय तह स्थापनाको सात वर्षपछि गुरुयोजना र आवधिक योजना बनाउने भएको छ । पालिकाको व्यवस्थित र योजनावद्ध विकासका लागि आवधिक योजना र गाउँ गुरुयोजना आगामी आर्थिक वर्ष बनाइने भएको हो ।
यसका लागि ०८१/०८२ मा १८ लाख बजेट विनियोजन भएको छ । सोमबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गरिन् । आगामी वर्षका लागि अनुमानित कुल बजेट ६५ करोड ६५ लाख २५ हजार पाँच सय छ । चालु वर्षमा माछापुच्छ्रेको बजेट ६६ करोड ७३ लाख ६० हजार छ ।
आगामी वर्ष संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ५४ लाख, सशर्त अनुदान २७ करोड ३७ लाख २५ हजार ५ सय, समपूरक अनुदान ३ करोड, राजस्व बाँडफाँटबाट १० करोड ७१ लाख ५६ हजार १ सय २६ रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ३१ लाख ४३ हजार प्राप्त हुने अनुमान छ ।
उपाध्यक्ष अधिकारीले प्रदेश सरकारबाट समानीकरण अुनदान १ करोड १९ लाख, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख र सवारी करतर्फ ९९ लाख ८१ हजार प्राप्त हुने विवरण पेश गरिन् । पालिकाको आन्तरिक राजस्व ५ करोड, चालु वर्षको बैंक मौज्दात ५ करोड ५६ लाख, घर जग्गा रजिष्ट्रेसनबाट ८० लाख र जगसहभागिताबाट १५ लाख आय हुने अनुमान छ ।
पालिकाले प्रशासकीय भवनका लागि ७० लाख र मौरी प्रवर्धन कार्यक्रमलाई १५ लाख विनियोजना गरेको छ । पूर्वाधार विकासमा ५९.४६ प्रतिशत बजेट विनियोजन भएको छ । माछापुच्छ्रेले स्थानीय उत्पादन बजारीकरणका लागि कोसेली घर सञ्चालन गर्ने भएको छ भने फोहोर मैला व्यवस्थापनका लागि १८ लाख बजेट छ ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया