मुक्तिक्षेत्रमा एकै दिन ६ हेली

जोमसोम ।
हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शनका लागि मंगलबार बिहान भारतीय पर्यटक लिएर एकै दिन ६ वटा हेलिकोप्टर मुक्तिनाथ क्षेत्रमा अवतरण गरे ।
काठमाडौं र पोखराबाट २९ भारतीय पर्यटक लिएर विभिन्न एअरलायन्सका ६ हेलिकोप्टर मुक्तिनाथ क्षेत्रमा आएका हुन् । सिम्रिक एअर, एअर डाइनोस्टिक, मनाङ एअर, अल्टिच्युड हेली, माउन्टेन हेली जहाजले भारतीय दर्शनार्थी लिएर मुक्तिनाथ हेलिप्याडमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
हेलीमा मुक्तिनाथ दर्शन गर्न आउने भिआइपी नभई सामान्य पर्यटक रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले उल्लेख गरे । मनसुन सुरु भइसकेकाले बेनी—जोमसोम सडकको अवस्थालाई मध्यनजर गर्दै भारतीय पर्यटक हेली चढेर सिधै मुक्तिनाथ आएको उनले जनाए । बर्खायाम सुरु भएसँगै मुस्ताङमा पर्यटक गतिविधि कम भएको छ ।









हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
टेनिसमा शिवाली च्याम्पियन
२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया