प्रदेश सभाको ढोकामै रोकिए सांसद देवकोटा

पोखरा ।
सांसद फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सभामा प्रवेश गर्न रोक लगाइएको छ । प्रदेश सभाका मर्यादा पालकले बिहीबार प्रदेशसभा बैठकमा भाग लिन जान नदिई बाहिरै रोकेको सांसद देवकोटाले बताए । जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई देवकोटाले विश्वासको मत दिएका थिए । माओवादीले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै जेठ ३२ गते निलम्बन गरेको थियो ।
देवकोटाले सर्वोच्च अदालतमा माओवादीको कारबाहीविरुद्ध असार ६ रिट दायर गरेका थिए । सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको पत्र बोकेर प्रदेश सभा आइपुगेका देवकोटालाई प्रदेश सभा भवनमा जान रोक लगाइएको हो ।
‘सर्वोच्चबाट जे फैसला भयो । त्यो पत्र हिजो संसद सचिवालयमा दर्ता भएको छ । हिजो पत्र दर्ता भएपछि आज प्रदेश सभा भवनमा भाग लिन पुगेको थिए । तर, प्रवेश गर्न दिइएन, कति पर्खनु भनेर थकाइ लागेर फर्के,’ देवकोटाले समाधानसँग कुरा गर्दै भने ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया