शान्ति निकेतनकी अदितिको ४ जिपिए

समाधान संवाददाता २०८१ असार १३ गते १९:२८

Advertisement

पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिति पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने गरेको विद्यालय शिक्षक हेम सुवेदीले बताए ।

विद्यालयका संस्थापक÷प्राचार्य डा. महेश्वर पराजुलीका अनुसार आफ्नो विद्यालयका ४० विद्यार्थीले परीक्षा दिएकोमा औषत ३.६४ आएको छ । साथै अंकिता कोइराला, प्रकृति भुषाल र शैलज अधिकारीले पनि ३.९५ जिपिए ल्याएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया