
जोमसोम ।
जलवायु क्षति न्यूनिकरण तथा पर्यावरणको रक्षाका लागि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो प्रर्वद्धन कार्यक्रमलाई प्राथमिकता दिएको छ । विद्युतीय परम्परागत चुलोलाई विस्थापित गर्दै कार्वन उत्र्सजन न्यूनिकरका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले विद्युतीय उपकरण चुलो वितरणमा जोड दिएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालु आर्थिक वर्ष गाउँपालिकाका ५ वटै वडाका ४५४ घरधुरीलाई निःशुल्क एक/एक थान वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो वितरण गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मुस्ताङकाे ९ लाख र गाउँपालिकाको ८ लाख गरी १७ लाख मुल्य बराबरको अनुदान सहयोग रहने गरी वैकल्पिक उर्जा स्रोत विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टले पालिकाको ५ वटै वडाहरुमा पुगेर सबै घरधुरीहरुलाई समान रुपमा चौधरी ग्रुपको सीजी कम्पनीको विद्युती चुलो वितरण गरेको बताए ।
एक्याप तथा गाउँपालिकाको लागत साझेदारी मार्फत घरदैलामै निःशुल्क विद्युतीय चुलो पाएपछि त्यसक्षेत्रका नागरिक खुसी भएका छन् । यसअघि परम्परागत रुपमा पशुचौपायाका गुईठा,जंगलका दाउरा र ग्याँसको प्रयोग गर्दैआईरहेका त्यसक्षेत्रका स्थानीयले अब भने विद्युतीय उपकरणको सहयोगमा खाना पकाउन सहज भएको ध्ये गाउँका स्थानीय पासाङ गुरुङले उल्लेख गरे । ‘हामीले गुईठा,दाउरा र ग्याँसको प्रयोग गर्दै आईरहेका थियौ, यि सामाग्री जुटाउनै मुश्किल पथ्र्यो, स्थानीय गुरुङले भने,‘ अब भान्सामा खानेकुरा पकाउन घरबाहिर निक्लनु परेन, सबै काम विद्युतीय चुलोबाटै हुने भयो ।’
त्यसो त उपल्लो मुस्ताङ ग्रिन लेस खुल्ला पठार क्षेत्र भएकाले बनजंगलको क्षेत्र ज्यादै कम छ । दाउरा खोज्न पनि पुरै दिन खर्चिएर लेंकमै पुगेर दाउँरा खोज्न जानु पथ्र्यो ।पशुचौपायाको गुईठा संकलन गर्न निकै गारो हुन्थ्यो । पशुचौपाय नहुनेलाई त झनै गुईठा जोरजाम गर्न समस्या पथ्र्यो ।
दाराउ र गुईठाको विकल्पमा ग्याँस खरिद गर्न पोखरा र जोमसोमदेखि महंगो मुल्य तिरेर ग्याँस ढुवानी गर्नु पथ्र्यो । अब वैकल्पिक उर्जाको स्रोत विद्युतीय चुलो अनुदान मिलेकाले अब विगतको जस्तो समस्या व्यवहोर्न नपर्ने लोघेकर दामोदरकुण्ड—१ का वडाध्यक्ष टसीढिन्डुक ठकुरीले उल्लेख गरे ।
परम्परागत रुपमा स्थानीय नागरिकहरुले किचनमा खानेकुरा पकाउने गर्दा दाउरा, गुईठा र ग्याँसको प्रयोगबाट हरितगृह ग्याँस उत्र्सजन भई जलवायुको क्षति तथा पर्यावरणमा समेत हानी नोक्सानी पुर्याउने गरेको थियो । जलवायु परिवर्तन न्यूनिकरण तथा वातावरण तथा जैविक विविधिताको संरक्षण गर्दै विद्युतीय चुलो प्रर्वद्धनका लागि स्थानीय सरकारसंग एक्यापले लागत साझेदारी गरेको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।
उनले जलवायु परिवर्तनका कारण मुस्ताङको कृषि,पर्यटन,धर्मसंस्कृति र जैविक विविधतामा असर पर्न थालेकाले यसको न्यूनिकरणका लागि विद्युतीय चुलोले कार्वन उत्र्सजनलाई मिनिमाईज गर्ने कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया