कबड्डीको उपाधि कास्कीलाई

पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा तृतिय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०–३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्य, प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापती, पोखरा उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कबड्डी संघका केन्द्रिय सदस्य विन्दु थापा, निराजन श्रेष्ठ, गण्डकी कबड्डी संघका सचिब हरि जिशीलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता थियो ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया