हरिचोक–याम्दी सडकमै रोपाइँ

समाधान संवाददाता २०८१ असार १६ गते ९:२७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा पर्ने हरिचोक–याम्दी सडक बनाउन ढिलाइ भएको भन्दै स्थानीयले सडकमै धान रोपेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने यो सडक छिटो बनाउन माग गर्दै स्थानीय महिनौंदेखि आन्दोलित छन् ।

Advertisement


हरिचोक–याम्दी सडक निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले बर्खामा हिलाम्य र हिउँदमा धुलाम्मे भई यात्रा गर्न बाध्यता छ । निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न विभिन्न समयमा अनुरोध गरे पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गर्दै आएको छ ।


शनिबार असार १५ को दिन पारी स्थानीयले हिलाम्मे सडकमै धान रोपेर विरोध गरेका हुन् । उनीहरुले यसलाई आफूहरुको संकेतिक विरोधमात्र भएको बताएका छन् । यदि निमाण कम्पनी र राज्यले आफूहरुलाई खेलाँची सोचे चरणबद्ध आन्दोलन गर्ने तयारी गरेको त्रि–शक्ति समाज सेवा क्लबका सहसचिव प्रविन सुवेदीले बताए । ‘सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्ने नारासहित सांकेतिक विरोध गरिएको उनले बताए ।

Advertisement


विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरु उपस्थित थिए । मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्ट्रक्सन सेवा प्रालिले ०७९ साउनमा यो सडक निर्माणको जिम्मा पाएको थियो । तर, म्याद गुज्रिदा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया