फेवा फाँटमा रोपाईं महोत्सव

समाधान संवाददाता २०८१ असार १६ गते ९:२९

पाेखरा ।

Advertisement

पोखरा २३ स्थित फेवाफाँटमा रोपाईं महोत्सव गरिएको छ । पोखरा पर्यटन परिषदले कृषि क्षेत्रको प्रवद्र्धन गर्न रोपाईं महोत्सव आयोजना गरेको हो ।


पोखरा आइपुगेका पर्यटक पर्यटन परिषद्ले गरेको १९ औं संस्करणको असारे रोपाईं महोत्सव २०८१ मा हिलो खेल्दै मनाइएको हो । महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

Advertisement


कार्यक्रममा हिले भलिबल प्रतियोगितासमेत भएको छ । यस्तै, हिले दौड, पत्रकार तर्फको हिले दौड, रस्साकसी प्रतियोगिता भएको महोत्सव संयोजक तारानाथ पहारीले जानकारी दिए ।

महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको छ । महोत्सवमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास मन्त्री विन्दुकुमार थापासमेत सहभागी भए ।

Advertisement

मुख्यमन्त्री पाण्डे र मन्त्री थापाले गोरु साउँदा स्थानीयले असारे गीत गाएर साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया