‘मदन र युवा’ विषयमा प्रशिक्षण

पोखरा ।
७३ औं मदन जयन्तीको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिबार ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै आमयुवा सचेत र संगठित भएर समाज रुपान्तरणमा लाग्न आग्रह गरे ।
अधिकारीले मिसन ८४मा एमालेको एकल बहुमत ल्याउन युवाले खेल्नुपर्ने भूमिकाको बारेका प्रष्ट पारे । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) कम्युनिस्ट पाटीको लागि समसामयिक भएको बताए ।
‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य राजीव पहारी, नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बराल, युवा संघ नेपालका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज विकास अधिकारी, युवा संघ नेपालका केन्द्रीय सदस्य वविता सुवेदी, कास्कीका संयोजक शंकर पौडेल लागयतले मदन जयन्ती र पार्टी निर्माणमा युवाले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया