उपभोक्ता हित संरक्षण गर्दै व्यवसाय गरौंः पाण्डे

लेखनाथ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित संरक्षण हुने गरी व्यवसाय सञ्चालन गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको परिचयात्मक तथा छलफल कार्यक्रममा पाण्डेले व्यवसायमैत्री वातावरण निर्माणका लागि शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै उपभोक्ताको हित संरक्षण गर्ने दायित्वसमेत जिल्ला प्रशासन कार्यालयको भएको जनाए ।
उनले कतिपय बेला व्यवसायीसँग नमिठो अवस्था आउने भएकाले उपभोक्ताको पनि हित संरक्षण हुने गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । अहिले व्यवसायीहरु कोरोनाको महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण अप्ठ्यारो अवस्थामा रहेको आफूले पनि महसुुस गरेको बताउँदै उनले व्यावसाय मैत्री वातावरण तयार पार्न सघाउने वाचा गरे ।
पर्यटकीय क्षेत्रमा सहज वातावरण निर्माण गर्नका लागि सक्दो सहयोग गर्ने उनको भनाइ छ । त्यसबाहेक पनि बालश्रम न्यूनीकरण लगायतका सामजिक मुद्दामा पनि व्यवसायीबाट सल्लाह सुझावको अपेक्षा गरेको उनले जनाए ।
इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख श्रीनाथ पौडेलले लेखनाथ क्षेत्रको समग्र विकासमा लेखनाथ उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
संघका पूर्वअध्यक्ष बाबुराम गिरीले अहिले व्यवसायी प्रत्यक्ष मारमा परेको बताउँदै व्यवसायीलाई परेका पीर, मर्का र समस्यालाई सहजीकरण गर्ने विषयमा र शान्ति, सुरक्षा कायम गर्दै पर्यटकमैत्री वातावरण बनाउने विषयमा प्रशासनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रको विकास र व्यवसायीको अप्ठ्यारामा प्रशासनबाट सकारात्मक पहलकदमी मिल्ने आशा गरे ।
संघका अध्यक्ष विनोद श्रेष्ठले संघले व्यवसायिक उत्तरदायित्वसँगै आर्थिक एवं सामाजिक उत्तरदायित्व पनि वहन गर्दै अघि बढ्ने जनाए । कार्यक्रममा संघकी महासचिव जानुका पराजुली र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया