‘गार्डेन दर्पण’ सार्वजनिक

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३/२४ का जोन २८ का चेयर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्त रूपमा लोकार्पण गरे ।
कार्यक्रममा लालचनले क्लबले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । उनले सेवाका स्तरीय कार्यक्रम गर्न संख्या धेरै आवश्यक नपर्ने बताउँदै ४०–५० जना सदस्य रहेका क्लबले भन्दा सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत राखे ।
समाजसेवी यमबहादुर गुरुङले सेवाका क्षेत्रमा क्रियाशील रहँदै गर्दा सेन्ट्रल गार्डेनसँग जोडिन पाउनु आफूका लागि खुसीको कुरा भएको बताए । क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले विभिन्न क्लबले प्रकाशित गर्ने विभिन्न प्रकृतिका स्मारिकाको सिको भन्दा केही सिकाउन सकियोस् भन्ने उद्देश्यले किताब प्रकाशित गरिएको जानकारी दिए ।
पूर्व अध्यक्ष मीना रानाभाटले क्लबलाई आफूले एउटा सेवाको सुन्दर मञ्चा रूपमा पाएको बताइन् । दर्पणका प्रधान सम्पादक असफल गौतमले हरेक व्यक्तिको व्यक्तित्व बाहिरी आवरणबाट नभएर चेतनाको स्तरबाट झल्कने भएकाले सभ्य समाज निर्माणमा चेतनशील समूह जागरुक हुन आवश्यक रहेको बताए ।
क्लबले विभिन्न कार्यक्रम सफल पार्न सहयोग गर्ने संघ, संस्था र व्यक्तिलाई सम्मानसमेत गरेको छ । यसरी सम्मानित हुनेमा नेलम्बो नेपाल, डागर स्मृति प्रतिष्ठान, समाजसेवी यमबहादुर गुरुङ, सञ्जिवबहादुर बराल, ओमकृष्ण गुरुङ र महेशकुमार विश्वकर्मा छन् ।
लायन वर्ष २०२३/२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबका सबै सदस्यको सक्रिय साथ र सहयोगले उत्कृष्ट गतिविधि सञ्चालन गर्न सकेको बताए । सोही समारोहबीच क्लबले नवनिर्वाचित अध्यक्ष ई. सुजित बिजुक्छेलाई माइन्युट हस्तान्तरण तथा संस्थापक सदस्यलाई प्रोत्साहन सम्मानसमेत गरेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया