पोखरा महानगरमा अख्तियारको छापा, मणिपाल सम्बन्धित कागजात नियन्त्रणमा

समाधान संवाददाता २०८१ असार १८ गते १६:२५

पोखरा ।

Advertisement

पोखरा महानगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखराले छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई निमार्ण सम्पन्न प्रमाणपत्रमा छुट दिएको उजुरीका आधारमा आयोगको टोलीले कार्यालयमा छापा हानेको हो ।

अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान पाेखराका प्रवत्ता जगदिशचन्द्र सिवाकाेटीले जानकारी दिए ।

Advertisement

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल अस्पतालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया