विपद्बाट प्रभावितलाई त्रिपाल सहयोग

समाधान संवाददाता २०८१ असार १८ गते १६:५३

पोखरा ।
मनसुनजन्य विपद्बाट प्रभावितलाई सहयोग गर्नको लागि विभिन्न सामाजिक संघ संस्थाले नेपाल रेडक्रस सोसाइटी कास्कीले त्रिपाल उपलब्ध गराएका छन् ।

Advertisement

पोखरा १७ मा रहेको डेभिजफल क्लब र फ्रन्कलिन स्टडी एबोर्ड प्रालि पोखरा १५ ले बाढी र पहिरोबाट प्रभावितका लागि प्रदान गर्न १७ थान त्रिपाल सहयोग गरेको रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।


कार्यक्रममा डेभिजफल क्लबका अध्यक्ष विनम गुरुङले सभापति पौडेललाई ७ थान त्रिपाल हस्तान्तरण गरे । समारोहमा क्लबले संस्थागत सदस्यता नवीकरण वापतको २५ हजार नगदसमेत कास्की रेडक्रसलाई प्रदान गरेको छ । अध्यक्ष गुरुङले विपद् व्यवस्थापन र मानवीय सेवाका क्रियाशील रेडक्रससँग विगतदेखि समन्वय र सहकार्य गर्दै आएको बताए ।

Advertisement


उनले सामाजिक क्षेत्रमा सक्रिय क्लबले मनसुन जन्य विपद्लाई मध्यनजर राख्दै आगामी दिनमा समेत सहयोग गर्ने जानकारी दिए । नेपालमा मनसुन भित्रिएसँगै फ्रन्कलिन स्टडी एबोर्डले रेडक्रसलाई १० थान त्रिपाल सहयोग गरेको छ । एक समारोह बीच संस्थाको तर्फबाट गंगाबहादुर खड्काले सभापति पौडेललाई त्रिपाल हस्तान्तरण गरे ।


रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेलले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले चालु आर्थिक वर्षमा प्राकृतिक प्रकोप, दुर्घटना र विपद् जन्य घटनाबाट कास्कीमा ५ देखि ७ सय परिवार प्रभावित हुने प्रक्षेपण गरेको जानकारी दिए ।

Advertisement

समितिले वर्षेनी विपद्बाट ठूलो जनधनको क्षति हुने गरेकोमा सम्भावित प्रभावितलाई उद्दार तथा राहतका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्न कास्की रेडक्रसलाई परिपत्र गरेको जानकारी दिँदै उनले जिल्ला विपद् व्यवस्थापन समिति, सामाजिक संघ संस्थाको सहकार्यमा प्रभावितलाई उद्दार तथा राहत सेवा कार्य गरेको बताए ।


विपद्मा काम गर्ने संस्था रेडक्रससँग केही नभएको उल्लेख गर्दै उनले सबैको सहयोगमा विपद् व्यवस्थापनको काम गरेको जनाए । कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति तथा विपद् व्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको लागि विभिन्न १० क्लस्टरमा विभाजन गरेर काम गरेको जानकारी दिइन् ।

उनले १० क्लस्टरमध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामग्री व्यवस्थापनको क्षेत्रमा काम गरेको बताइन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले अबिरल वर्षाको कारण घर पुरिएर छोरी गुमाएका मादी चित्तेपानीका प्रकाश रानाभाट र पहिलोले घर पुरिँदा छोरा गुमाएका पोखरा २८ आरूपाटाका हरि सुनारको परिवारलाई खाद्यान्य, गैर खाद्य र नगदसहित पूर्ण प्याकेजसहित दुबै परिवारलाई सहयोग गरेका कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी दिए ।


रेडक्रस कास्कीले हरेक वर्ष विपद् प्रभावितलाई तत्काल खाद्य तथा गैर खाद्य, नगद सहित राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्दार तथा राहात सेवा कायलाई रेडक्रसले अगाडी बढाएको छ । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपद्बाट प्रभावितहरुको राहात तथा उद्दारको लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको छ ।

तपाईको प्रतिक्रिया