महिलालाई क्षमता विकास तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नंं २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाका लागि क्षमता विकाससम्बन्धी ३ दिने तालिम दिएको छ ।
मंगलबार आयोजित तालिम समापनमा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानको हस्तान्तरणले महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि वडा नं. २६ मा महिलाले नै योजना तर्जुमा गरेको उल्लेख गर्दै आगामी दिनमा वडामा हुने सार्वजनिक सरोकारका कार्यक्रम चलाउने गरी तयारी गर्न आग्रह गरे ।
क्षमता विकासका लागि अन्यत्रसँग डुब्लिकेसन नहुने गरी कार्यक्रम निर्माण गर्न आग्रह गर्दै उनले वडाका हरेक गतिविधिमा नवीनता आउनुपर्नेमा जोड दिए । अध्यक्ष थापाले तीन दिनको तालिमले ज्ञान र वाककला तथा उद्घोषणका लागि ऊर्जा प्राप्त भएको उल्लेख गर्दै अभ्यासलाई निरन्तरता दिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले वडाले दिएको अवसर उपयोग गर्न आग्रह गर्दै २०८४ मा महिलाले नेतृत्व लिन सक्ने गरी आफूलाई तयार गर्न सुझाव दिए । श्रेष्ठले महिलामा क्षमता भए पनि निरन्तर साधना नहुँदा विचार अभिव्यक्त हुन कठिनाइ हुने गरेको औंल्याए ।
पोखरा महानगरपालिका वडा नंं २६ की वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, तीर्थबहादुर राजभाट, वडा सचिव लीलामणि भण्डारी, सहभागीको तर्फबाट संगिता केसी र विष्णु ढकालले तालिम उपयोगी भएको बताए ।
तालिममा दीपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सेना पगेनी, जमुना वर्षा शर्मा, घनश्याम पाण्डे, सञ्जय मल्ल, नवराज सापकोटा वडा नंं २६ का कर्मचारी इन्दिरा रेग्मीले सहजीकरण गरेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया